रास्वपाद्वारा सातै प्रदेशका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक [सूचीसहित]

लोकपथ
476
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

पार्टीका अनुसार प्रदेशगत पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारहरूसँग यही पौष ५ गते सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरिनेछ ।

उम्मेदवार छनोटको तय गरिएको रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने छ । त्यसका लागि सूचीमा समावेश सबै उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले आग्रह गरेको छ ।

रास्वपाले आन्तरिक प्रक्रियामार्फत् पारदर्शी, सहभागितामूलक र प्रतिस्पर्धात्मक ढंगले उम्मेदवार छनोट गर्ने लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?