रवि लामिछाने भोलि मात्रै छुट्ने

लोकपथ
0
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने भोलि मात्रै छुट्ने भएका छन् ।

आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । आजै लामिछाने छुट्ने भन्दै नख्खु कारागारअघि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासहित समर्थकहरुको ठूलो भीड लागेको छ ।

तर लामिछाने आवश्यक कागजी प्रक्रियाका लागि भैरहवा जाने तयारीमा जुटेका छन् । लामिछाने शुक्रबार बिहान फ्लाइटमार्फत् भैरहवा जाने तयारीमा लागेका हुन् ।

बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । उच्च अदालत तुलसीपुरको आदेश रुपन्देही जिल्ला अदालत पुगेर आवश्यक प्रक्रिया पुगेपछि मात्रै लामिछाने थुनामुक्त हुनेछन् । आज कार्यालय समय सकिएकाले भोलि मात्रै उच्चको आदेश जिल्ला पुग्ने र आवश्यक कागजी प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?