पराजय भोगेका पोखरेल र पाण्डेलाई योगेशको सान्त्वना– ‘कमरेडहरु उच्च सम्मानसहित सलाम’

लोकपथ
1k
Shares

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित महासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजय भोगेका ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार आएको एमालेको अन्तिम परिणाम अनुसार पोखरेल र पाण्डेले पराजय भोगेका हुन् ।

अन्तिम परिणामपछि सामाजिक सञ्जालमा लेख्दै नवनिर्वाचित उपमहासचिव भट्टराईले दुवै नेताहरुको इमान, निष्ठा र साहसको आफूले सम्मान गर्ने बताए ।

त्यस्तै आफ्नो टिमका सबै नेताहरुको एकता र सहकार्यप्रति आभारी रहेको बताए ।

‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे तपाईंहरुको इमान, निष्ठा र साहसको उच्च सम्मान सहित सलाम गर्दछु,’ उनले भनेका छन्, ‘टीमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु । सम्पूर्ण प्रतिनिधि सहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

त्यस्तै आफू पार्टी सदस्यहरु तथा आम जनताको निगरानी र परीक्षामा सदा रहिरहने बताए ।

आज आएको अन्तिम परिणाम अनुसार पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश र उपाध्यक्षमा गोकर्ण विष्टले जित हात पारेका छन् । सदस्यहरुमा केही स्थान सुरक्षित गरे पनि पदाधिकारीमा भने २ नेता बाहेक अरु सबैले हार व्यहोरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?