रिलायन्स स्पीनिङ आईपीओ प्रकरण : अनुसन्धान गरी कारबाही गर्न बोर्डलाई मन्त्रालयको पत्र

लोकपथ
294
Shares

काठमाडौं । सरकारले सुरुदेखि नै विवादमा देखिएको रिलायन्स स्पीनिङ मिल्सको आईपीओबारे छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

मंगलबार अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई पत्र लेख्दै छानबिन गरी आवश्यक कारबाही गर्न भनेको हो ।

यसअघि नै वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरिसकेको रिलायन्स स्पीनिङ मिल्सले आगामी पुस ७ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । तर धितोपत्र बोर्डलाई पत्र लेख्दै अर्थमन्त्रालयले आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन भनेपछि सर्वसाधारणका लागि आईपीओ खुला नहुने समेत सम्भावना बढेको हो ।

‘प्रस्तुत विषयमा रिलायन्स स्पीनिङ मिल्सको शेयर बूक बिल्डिङ प्रक्रियाबाट निश्काषन गर्ने सम्बन्धमा भएका काम कारबाही तथा तहासँग सम्बन्धित विषयहरुमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्नुहुन र सोको जानकारी मन्त्रालयमा पठाउनु हुन मिति २०८२–०८–२९ को राजस्व सचिवस्तरको निर्णय अनुसार पाना–५ (पाँच) यसैसाथ संलग्न राखी अनुरोध छ,’ पत्रमा भनिएको छ ।

थप जानकारीका लागि यी सामग्रीहरु हेर्नुहोस् :

रिलायन्स स्पिनिङ मिल्स आईपीओ : अदालतले पुनर्मूल्यांकन गर्न भन्यो, बोर्डले खुसुक्क अनुमति दियो

प्रतिसेयर आम्दानी ३ रुपैयाँ पनि नभएको कम्पनीको आईपीओ मूल्य नै ८२० रुपैयाँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?