काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा विजयी भएका छन् । खुल्ला क्लस्टरमा ७२ जना चुनिनुपर्नेमा उनी ६५ औं नम्बरमा चुनिएका हुन् ।
अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका पोखरेलले केन्द्रीय सदस्यमा १ हजार ८८ मत पाएका छन् ।
अध्यक्षमा ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ भोट ल्याएका थिए ।
केन्द्रीय सदस्यमा भने पोखरेलले ओली भन्दा बढी मत ल्याएका छन् । उनले १ हजार ८८ हजार मत ल्याउँदा ओलीले केन्द्रीय सदस्यमा ९ सय ७९ मत मात्रै पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया