काठमाडौं । नेकपा एमालेको १९ सदस्यीय पदाधिकारीमा ८ जना नयाँ अनुहार आएका छन् ।
उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी बन्न सफल भएका छन् । सचिवमा निर्वाचित शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल र राजन भट्टराई पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया