उपमहासचिवमा हारेका विष्णु रिमालको केन्द्रीय सदस्यमा पनि लज्जास्पद हार 

लोकपथ
2k
Shares

काठमाडौं । उपमहासचिवमा दोहोरिन चाहेका एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित बनेका छन् ।  

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, खुल्ला केन्द्रीय सदस्यको विजयी उम्मेदवारको सूचीमा रिमालको नाम छैन । उनले ६ सय ३० मत मात्रै पाएको आयोगले जनाएको छ । केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तीमा १ हजार ५ सय मत पाएका छन् । 

उपमहासचिवमा भने उनले १ हजार ९१ मत पाएका थिए । एमाले उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका हुन् । लेखराजले १ हजार ४ सय ५२, रघुवीरले १ हजार ३ सय ६८ र योगेशले १ हजार ३ सय ४८ मत पाएका छन् । एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?