उपमहासचिवमा पछि परे विष्णु रिमाल, यस्तो छ ताजा परिणाम [सूचीसहित]

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत हालसम्म १ हजार १ सय ३९ मतको गणना भएको छ ।

२ हजार २ सय ६३ कुल प्रतिनिधि रहेकोमा केही मत बदर हुँदा २ हजार २ सय २७ मत मात्रै खसेको थियो ।

जसअनुसार अध्यक्षमा केपी शर्मा ओलीको अग्रता कायमै छ । ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

अन्य पदाधिकारीमा ओली पक्षकै बर्चस्व रहँदा उपमहासचिवमा भने पोखरेल पक्ष बलियो देखिएको छ ।

जसमा पोखरेल पक्षका आनन्द प्रसाद पोख्रेलले ३३४, योगेश भट्टरार्इ ७०९ मत प्राप्त गरेका छन् । यता रघुवीर महासेठले ६८९ मत, लेखराज भट्टले ७३४ मत, विष्णु प्रसाद रिमालले ५४० मत प्राप्त गरेका छन् ।

मत परिणाम अनुसार उपमहासचिवका उम्मेदवार विष्णु रिमाल पछि परेका देखिन्छन् । ३ जना उपमहासचिव रहने व्यवस्था रहे पनि रिमाल चौथोमा देखिएका छन् ।

त्यसो त सहमतिपछि उम्मेदवारी झिके पनि राजेन्द्र प्रसाद गौतमको पक्षमा समेत मत परेको छ । उनले १४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल :स् ३३४
योगेश भट्टराइ : ७०९
रघुवीर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?