काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनाअनुसार हालसम्म ५० प्रतिशत मतगणना गरिएको छ । जसमध्ये अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८ सय ४३ र ईश्वर पोखरेलले २ सय ९६ मत ल्याएका छन् । हालसम्म एक हजार १ सय ३९ मतगणना गरिएको हो ।
२ हजार २ सय ६३ मतदाता रहेकोमा २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया