२०७८,श्रावण,८,शुक्रवार

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

२०७४,कार्तिक,२२,बुधबार १५:१६


पाँचथर, २२ कात्तिक – पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ पक्राउपर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले आज बिहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १५:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६