एमाले महाधिवेशन : नवनिर्वाचित कार्यसमितिको शपथ भोलि, त्यसपछि पहिलो बैठक

लोकपथ
476
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं सचिव पदका उम्मेदवार महेश बस्नेतले आगामी महाधिवेशनका लागि केपी शर्मा ओलीसहित सिंगो टिम नै विजयी हुने दाबी गरेका छन् ।

मतदानस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले सो कुरा बताएका हुन् ।

उनका अनुसार आज नतिजा आए पनि महाधिवेशन समापन भने भोलि (शुक्रबार) मात्र हुनेछ । साथै भोलि बिहान शपथ र त्यसपछि पहिलो बैठक बस्नेछ ।

‘भोलि हामी यहाँ नै महाधिवेशनको समापन समारोह गर्छौँ। शपथ, पहिलो बैठकलगायतको कार्यक्रम भोलि बिहान ११ बजे हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?