काठमाडौं । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रिता सिंह वैद्यको आज बिहीबार बिहान निधन भएको छ ।
भाइबुहारी सृजना सिंहका अनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे उनको निधन भएको हो ।
किड्नी फेलियरको समस्याबाट गुज्रिएकी वैद्यले लामो समयदेखि डायलासिस गराउँदै आएकी थिइन् । किड्नीको समस्यासँग जुधिरहेकी सिंह पछिल्लो समय डिप्रेसनको पनि बिरामी रहेकी थिइन् ।
नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडा प्रकरणमा विवादमा तानिएपछि उनमा डिप्रेसनको पनि समस्या थपिएको थियो ।
रिता २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहकी जेठी छोरी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया