जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको छ : उपराष्ट्रपति यादव

लोकपथ
84
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले नेपालको समाज र राजनीतिमा नयाँ दिशा दिएको बताएका छन् । बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उपराष्ट्रपति यादवले आजको आन्दोलन पारदर्शिता, सुशासन, भ्रस्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्रै रोजगारीका अवसरको मागसहित भएको उल्लेख गर्दै यसको प्रभाव मुलुकको भविष्यमा महत्वपूर्ण भएको बताए ।

उनले पत्रकारिताको भूमिका पनि महत्त्वपूर्ण भएको बताउँदै भने, ‘समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने युगमा गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भई विश्वसनियता र तथ्यपरकता कायम राख्नुपर्छ। संस्थान अभिलेखकरणीय पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाको रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्छ।’

उपराष्ट्रपति यादवले गोरखापत्र संस्थान पत्रकारिताको मात्र धरोहर नभई नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तावेज रहेको पनि उल्लेख गरे । साथै पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्‍याउन सक्ने माध्यम बन्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?