जेनजी आन्दोलनपछि सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायो : अर्थमन्त्री खनाल

लोकपथ
70
Shares

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिका तीन महिनामा सरकारले नेपालको अर्थतन्त्र पुनरुत्थान र पुनःनिर्माणको बाटोमा अग्रसर भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

खनालले भदौ २३–२४ को घटनापछि नेपाल अनिश्चितताको अवस्थामा पुगेको, अर्थतन्त्र ध्वस्त हुने र नागरिकहरू बिचल्लीमा पर्ने अवस्था सिर्जना भएको बताउँदै भने, ‘९० दिनमै सरकारले तीव्र गतिमा पुनःनिर्माणको बाटोमा अघि बढेको छ। तथ्यांकले पनि प्रगति देखाउँछ ।’

उनले कच्चा पदार्थ र उपभोग्य वस्तुको आयातले उत्पादन र उपभोग दुवैमा वृद्धि भएको र कर राजस्वमा करिब १० प्रतिशत वृद्धि भएको जानकारी दिए । उनले भने, ‘भदौ महिनामा केही ह्रास भए पनि असोज, कार्तिक, मंसिर र पुससम्म राजस्व वृद्धि द्रुत गतिमा भएको छ ।’

अर्थमन्त्री खनालले पर्यटन क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको दाबी गर्दै भने कि अक्टोबर २०२५ मा नेपालमा ऐतिहासिक रूपमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन्। उनले अन्तर्राष्ट्रिय जगतले पनि नेपाललाई जुनसुकै संकटबाट छिटो पुनरुत्थान हुने देशको रूपमा हेरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?