बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
350
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?