भारत–दक्षिण अफ्रिका चौथो टी–२० म्याच कुहिरोले स्थगित

लोकपथ
84
Shares

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच लखनउमा तय भएको चौथो टी–२० क्रिकेट म्याच घना कुहिरोका कारण रद्द भएको छ । 

भारतीय मिडियाका अनुसार, अम्पायरहरूले खेल रद्द गर्ने निर्णय लिनुअघि मैदानमा ६ पटक निरीक्षण गरेका थिए, तर अन्ततः खेल सम्भव नभएको निष्कर्षमा पुगे ।

पाँच म्याचको सिरिजमा भारत हाल २–१ ले अगाडि छ । सिरिजको अन्तिम पाँचौं म्याच शुक्रबार अहमदावादमा हुनेछ। यस म्याचमा पाहुना टोली दक्षिण अफ्रिकालाई बराबरी गर्ने अवसर मिल्नेछ भने आयोजक भारतीय टोलीले ३–१ ले सिरिज जित्ने मौका पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?