एमाले नेतृत्व चयन : ८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

लोकपथ
994
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । 

मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबिच प्रतिस्पर्धा भएको छ । 

अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । 

चिप्स निकालिसकेपछि मतगणना सुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ । प्रत्येक मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । 

कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्सनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । ८ बजेबाट मत गणना प्रारम्भ गर्ने र त्यसको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने बताइएको छ । 

महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया सुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेसिनबाट मतदान भएको र एउटा मेसिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए । छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए । 

उनले समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भए पनि मतदान नरोकी सम्पन्न गरिएको बताए । 

यो पनि : एमाले महाधिवेशन : ३ घण्टामा परिणाम सार्वजनिक गर्ने गरिने

एमाले ११औँ महाधिवेशन : सकियो मतदान, खसेन शतप्रतिशत भोट, ३६ जना अनुपस्थित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?