कस्तो रहला आजको मौसम ?

लोकपथ
49
Shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यता सफा रहने जनाइएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियस बिच रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?