काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि मतगणना प्रक्रिया सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार ८० वटा मेसिनको फरक–फरक मुचुल्का तयार पारिनेछ । हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का बनाएर प्रतिनिधि र मत संख्या ट्याली गरेपछि मेसिन लक गरिनेछ ।
मतगणनामा उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधि रोहबरमा रहनेछन् । विद्युतीय मेसिनबाट निकालिएका चिप्स अलग–अलग खाममा राखेर सबै खाम नम्बरिङ पछि प्याकिङ गरिने व्यवस्था गरिएको छ ।
मतपरिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र नयाँ नेतृत्वको शपथग्रहण कार्यक्रम पनि भृकुटीमण्डपमै आयोजना हुने छ । निर्वाचन आयोगले मतगणना प्रक्रिया पूरा भएसँगै करिब ३ घण्टाभित्र नयाँ नेतृत्वको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया