काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् ।
उनले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने बताए । उनले पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुने बताए ।
उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यस कारण यसलाई के के न होला भनेर सोच्नुहुँदैन । अरू पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो । एमालेले प्रतिस्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्विकार्छौँ ।’
उनले महाधिवेशन प्रतिनिधिहरूले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरूको मतको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया