काठमाडौं । नेपालले मित्रराष्ट्र कतारका लागि उपहारस्वरुप दिएको २ वटा हात्तीको बिदाई गरिएको छ ।
बुधबार खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका हुन् ।
दुई हात्तीलाई लिन कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज विमानस्थल आइपुगेको थियो ।
अपरान्ह ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।
ती दुई हात्तीलाई मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।
भैरहवाबाट उडेको ४ घण्टामा खगेन्द्रप्रसाद र रुद्रकली कतार पुग्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया