एमाले महाधिवेशन : ८ बजेसम्म भित्र प्रवेश गरेका प्रतिनिधिले मतदान गर्न पाउने

लोकपथ
560
Shares

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा हालसम्म ७ सय बढी प्रतिनिधिहरुले मतदान गरिसकेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको मतदान राति कतिबजेसम्म हुनेछ भन्ने एकिन छैन । एमालेको निर्वाचन समितिले समय थप गरिरहेको छ ।

एमाले महासचिव एवं महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मतदान स्थलमा प्रवेशको समय ८ बजेसम्मका लागि तोकिएको जानकारी दिए । ८ बजेसम्म भित्र प्रवेश गरेर कुपन लिएका प्रतिनिधिहरुले मात्रै मतदान गर्न पाउने उनको भनाइ रहेको छ ।

समयमै कुपन लिएर आफ्नो मतदानको अधिकार सुनिश्चित गर्न समेत महासचिव पोखरेलले आह्वान गरेका छन् ।

‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ । कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?