मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

लोकपथ
70
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । पत्रमार्फत उनले शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने समय निर्धारण गर्न अनुरोध गरेका छन् ।

प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीको अनुरोधअनुसार आवश्यक तयारी अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?