काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयका अनुसार सरुवा हुनेमध्ये चार जना उपसचिव र ३८ जना शाखा अधिकृत रहेका छन् । सरुवा सूचीअनुसार दुई उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै, १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सरुवा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया