काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन् ।
बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै एमाले भएकाले जित वा हार पनि एमालेकै हुने बताएका हुन् ।
श्रेष्ठले सबैभन्दा पहिला देश रहे मात्र पार्टी रहन सक्ने बताए । ‘सबैभन्दा पहिलो कुरा देश हो। देश रहे मात्रै हामीले पार्टी बनाउँछौँ । त्यसपछि मात्र जनताको समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिन्छ, ‘उनले भने ।
उनले कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकर्ताले गरेको फैसला मञ्जुर हुने पनि बताए । श्रेष्ठका अनुसार, ‘हामी आवधिक चुनावमा विश्वास गर्ने पार्टी हौँ। कार्यकर्ताबाट नेता छानिने कुरा हो । कुन पक्ष, विपक्ष छैनौँ । हामी सबै यहाँ एक पक्ष, एमाले नै हौँ । जो राम्रा साथीहरूलाई विश्वास गर्छन्, त्यसैले नेतृत्व गर्दछ ।’
नेता श्रेष्ठले ईश्वर पोखरेललाई एमाले बनाउने आर्किटेक्ट भएको बताए र आगामी नेतृत्व चयन कार्यकर्ताले गरेको फैसलाअनुसार हुने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया