काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले एमालेभित्रको प्रतिस्पर्धा स्वस्थ र स्वच्छ भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नेता बर्तौलाले वर्तमान राजनीतिक परिस्थितिमा नेकपा एमालेले मात्र देशलाई निकास दिनसक्ने बताए ।
उनले भने, ‘एमाले जनताको प्रिय पार्टी हो। आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिने क्षमता एमालेसँगै छ। यस महाधिवेशनबाट आउने नेतृत्वले मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा अघि बढाउने काम गर्नेछ ।’
उनले आगामी महाधिवेशनपछि पार्टी एकताबद्ध हुने र निर्वाचित नेतृत्वले समग्र भावना समेटेर अघि बढ्ने बताए ।
साथै, कुनै पनि प्रहार भए पनि नेकपा एमाले देशको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढ रहिरहने उनको दाबी छ ।
बर्तौलाले प्रतिक्रियावादी शक्तिहरूले एमालेलाई कमजोर बनाउन चाहेको बताउँदै भने, ‘एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्ने चाहना कहिल्यै पूरा नहुनेछ। हामी सदैव देशहितको पक्षमा उभिएका छौँ ।’
नेता बर्तौलाको यी टिप्पणीहरू पार्टीभित्रको आगामी नेतृत्व चयन र राजनीतिक स्थायित्वतर्फको प्रतिबद्धतालाई लिएर आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया