ट्रम्पले लगाए थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

लोकपथ
1.5k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशसम्बन्धी नीति थप कडा बनाउँदै थप  पाँच देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

अमेरिका बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिका यात्रामा रोक लगाइएको हो । 

अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस ९एपी० का अनुसार सुरक्षा जोखिमको कारण देखाउँदै यात्रा प्रतिबन्धको दायरा विस्तार गरिएको जनाइएको छ ।

थ्याङ्क्सगिभिङ सप्ताहन्तमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली चलेको घटनापछि एक अफगान नागरिक पक्राउ परेपछि प्रशासनले आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको बताइएको छ ।

यसै निर्णयअनुसार प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा अमेरिका यात्रा प्रतिबन्ध लगाइएको छ ।

यसअघि गत जुन महिनामा ट्रम्प प्रशासनले अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

त्यसैगरी, अमेरिकी प्रशासनले १९ देशका नागरिकलाई प्रदान गरिएका ग्रीन कार्डसमेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो । पुनरवलोकनको सूचीमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिक समावेश छन् ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै आप्रवासन नीति थप कडाइ गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?