काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता तथा कार्यकर्ता मतदानस्थलमा लाइनमा लागेका छन् । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएको छ ।
यसअघि मंगलबार नै मतदान गर्ने कार्यपालिका रहे पनि प्राविधिक समस्याका कारण मतदान आजका लागि सारिएको हो । मंगलबार साँझ मतदान हुने आशामा मतदाताहरू लाइनमै बसेका थिए । तर राति ८ बजेपछि भोलि मतदान हुने जानकारी दिँदै उनीहरूलाई फर्काइएको थिए ।
निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा प्राविधिक समस्या देखिएको आयोगले जनाएको छ । उक्त समस्या समाधान भएपछि आज मतदान प्रक्रिया अघि बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया