काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान स्थगित भएको छ ।
बुधबार (भोलि) बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए ।
प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।
मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् ।
विद्युतीय माध्यमबाट हुने मतदानका लागि प्राविधिक समस्या देखिएपछि मतदान स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया