काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनेर चिनिने राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।
मंगलबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौंको कपनबाट लामालाई पक्राउ गरेको हो ।
लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन् । १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विस्फोटमा तीनजनाको ज्यान गएको थियो । सो मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा छुटेका थिए ।
छुटेपछि पनि फेरि उनीविरुद्ध पाँचथरमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा फरार रहेका उनलाई आज पक्राउ गरिएको हो । लामा धनकुटाको पार्खिवास नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष हुन् । जेनजी आन्दोलनपछि खुलेको हर्कको पार्टीले उनलाई उपाध्यक्ष राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया