एमाले महाधिवेशन : ७ बजेबाट मतदान हुने

लोकपथ
266
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार राति (आज) ७ बजेबाट बुधबार बिहान २ बजेसम्म मतदान हुने भएको छ ।

आजै अपरान्ह ४ बजेका लागि मतदानको समय तोकिएको थियो । तर प्राविधिक कारणले मतदानको समय लम्बिएको हो ।

मतदानका लागि ७ बजेदेखि राति २ बजेसम्मको समय तोकिएको केन्द्रीय सदस्यकी उम्मेदवार रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

‘७ बजेदेखि २ बजेसम्म मतदान हुने गरी सूचना टाँस गरिएको छ,’ झाँक्रीले मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनिन् ।

त्यस्तै विद्युतीय मतदानका लागि ८० वटा मेसिन राखिएको र एक प्रतिनिधिलाई २२ देखि २४ मिनेट जति समय लाग्ने उनको दाबी छ ।

शनिबार भक्तपुरको सल्लाघारीबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ मतदाताले मतदान गर्दैछन् ।

विद्युतीय मतदान भएका कारण बदर हुने सम्भावना कम र छिट्टै निर्णय आउने समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?