एमालेका धर्मलाल गिरीको केन्द्रीय सदस्यको उम्मेदवारी खारेज

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो ।

नेकपा एमालेको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अपरान्ह ४ बजेका लागि मतदानको समय तोकिए पनि प्राविधिक कारणले ढिलाई हुने भएको छ ।

त्यसो त केही केन्द्रीय सदस्यहरु सर्वसम्मत हुने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार हालसम्म ११ जना सर्वसम्मत भएका छन् ।

त्यस्तै उपमहासचिवमा उम्मेदवारी दिएका एकसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?