ईश्वर पोखरेल पक्षको सचिवको सूचीमा पहिलो नम्बरमा अग्नि खरेल

लोकपथ
644
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल पक्षको प्यानलमा समेटिएका छन् । पोखरेल पक्षले उनलाई सचिव उम्मेदवारको पहिलो नम्बरमा राखेको छ । यसले खरेलले औपचारिकरुपमै ओली पक्षबाट विद्रोह गरेको देखिन्छ ।

खरेल तिनै व्यक्ति हुन्, जो ओली प्रधानमन्त्री हुँदा धेरैपटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकारसमेत बनेका थिए । 

स्थायी कमिटी सदस्य रहेका खरेलले ओली पक्षबाट सचिवमा उठ्ने चाहना राखेका थिए । तर ओलीले उनलाई कुनै महत्व नै दिएनन् । खरेलले उपमहासचिव भन्दा तल प्यानल नबनाउन ओलीलाई आग्रहसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?