काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुने क्रममा छ ।
सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुनेछ ।
बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ ।
विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् । विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ ।
देशभरबाट आएका २ हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् ।
कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन् । महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको छ । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया