इन्टरनेटको प्रयोग बिना मानिसहरू बाँच्नै नसक्ने भए : प्रदीप पौडेल

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरू बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए । यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ । 

सामाजिक सञ्जाल वा इन्टरनेट अक्सिजन जस्तै भएको बताउँदै नेता पौडेलले इन्टरनेटको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए । सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय भएको बताए ।  

उनले भने, ‘डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो । सामाजिक सञ्जाल वा इन्टरनेट अक्सिजन जस्तै हो । अक्सिजन प्रयोग नगरीकन मान्छे बाँच्नै सक्दैन । आज इन्टरनेटको प्रयोग पनि मान्छेका लागि बाँच्नै नसक्ने गरी इन्टरनेट प्रयोगमा धेरै मानिसहरू अभ्यस्त भएको स्थिति छ । त्यसलाई व्यवस्थित गर्ने लोकतन्त्रको मुख्य विषय हो । त्यसलाई निषेध र बन्द गर्ने लोकतन्त्रको पक्ष होइन । डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय हो । नेपाली काँग्रेस कमी कमजोरी थुप्रै छन्, लोकतान्त्रिक मूल्य मान्यतासँग जोडिएको पार्टी हो कांग्रेस ।’

नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताए । सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?