उच्च मूल्यबाट १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
385
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले   घटेको हो ।

अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १७ सय रुपैयाँले घटेर  २ लाख ५९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?