राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

लोकपथ
126
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्यान्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ । 

क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?