काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष ११औँ स्थानमा

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको स्तर आज बिहान अस्वस्थ तहमा पुगेको छ ।

स्विट्जरल्याण्डस्थित आईक्यू एयरको रियल टाइम मापनअनुसार काठमाडौंको वायु गुणस्तर इन्डेक्स (AQI) १५२ पुगेको छ । वायु गुणस्तर सूचकांकमा १५१–२०० को दायरा ‘अस्वस्थ’ मानिन्छ ।

सरकारको निर्धारण अनुसार, वायु गुणस्तर सूचकांक ०-५० हुँदा ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१-२०० ‘अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ ।

आईक्यू एयरका अनुसार काठमाडौं हाल संसारकै अस्वस्थ सहरमध्ये ११औँ स्थानमा रहेको छ । प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थान पाकिस्तानको लाहोर, दोस्रो भारतको दिल्ली रहेको छ, जहाँ वायु प्रदूषण ‘खतरनाक’ तहमा पुगेको छ र (AQI) ३१५ नाघेको छ ।

विशेषज्ञहरूले वायु प्रदूषणबाट बच्न सार्वजनिक यातायातको प्रयोग, घरभित्र मास्कको प्रयोग र प्रदूषण स्रोत घटाउने उपाय अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?