एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि पार्टीले मतदान प्रक्रियाबाट नयाँ नेतृत्व छान्न लागेको हो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म भृकुटीमण्डपमा मतदान हुनेछ । आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ ।

अध्यक्ष पदमै सहमति जुट्न नसकेपछि अन्य पदहरूमा पनि उम्मेदवारी संख्या बढेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ भने उनीहरूकै प्यानलबाट उपाध्यक्ष, महासचिवसहित अन्य पदहरूमा समेत उम्मेदवारी दर्ता भएको छ ।

एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दैछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था गरिएको छ । निर्वाचनमा २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?