पेस्तोल र ४५ ओटा सहित फेरि समातिए एक युवा

नेपालगन्ज, २२ कात्तिक – भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?