काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका भएका दुई मन्त्रीहरुलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिएका हुन् ।
यस्तै, बिना विभागीय मन्त्रीको रूपमा रहेका कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एकिकृत समाजवादी पाटीबाट मन्त्री बनेका कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया