काठमाडौं । ज्योती विकास बैंकका कर्मचारीमाथि हातपात भएको छ ।
गत मंसिर २५ गते सप्तरीमा ऋण असुलीका लागि गएका बैंकका कर्मचारीमाथि ऋणीले हातपात गर्नेदेखि कालोमासो दल्ने समेतका हर्कत गरेका हुन् ।
बैंकका २ कर्मचारी कर्जा असुलीका लागि सम्बन्धित ठाउँमा जाँदा ऋणसहितका व्यक्तिहरुले अमानवीय व्यवहार गरेका हुन् ।
ऋणको किस्ता नियमित नभएको भन्दै कर्मचारीहरुले निरन्तर ऋणीहरुलाई सम्झाउँदै आइरहेका थिए । तर ऋणीहरुले आफूहरुलाई मानसिक तनाव दिएको भन्दै हातपात गरेका हुन् ।
आफ्ना कर्मचारीहरुमाथि हातपात भएको घटना गम्भीर भएको र आफूहरुले राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको बैंकले जनाएको छ ।
यता निजी बैंक निकट विभिन्न कर्मचारी संघहरुले कर्मचारीमाथि भएको अमानवीय व्यवहारको विरोध गरेको छ ।
एनआईसी एशिया बैंक कर्मचारी संघले विज्ञप्ति जारी गर्दै कार्यस्थलमा बैंकका कर्मचारीहरुमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ ।
‘दोषी पहिचान गरी कानुन अनुसार कडा कारबाही सुनिश्चित गरियोस्, बैंक कर्मचारीहरुको भौतिक तथा मानसिक सुरक्षा प्रत्याभूती गरियोस् र भविष्यमा यस्ता आपराधिक गतिविधि दोहोरिन नदिन शून्य सहनशीलताको नीति अबलम्बन गरियोस्,’ एनआईसी एशिया कर्मचारी संघले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया