ओलीको टिममा नपरेपछि सुहाङले दिए केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी

लोकपथ
994
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सोमबार अपरान्ह सुहाङ महाधिवेशनस्थल भृकुटीमण्डपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

उनी नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवास नेम्वाङका छोरा समेत हुन् । सुवास नेम्वाङको निधन भएपछि ईलाम क्षेत्र नं २ को उपनिर्वाचनबाट उनी सांसद निर्वाचित भएका थिए ।

अध्यक्ष केपी शर्मा ओली निकट मानिए पनि नेम्वाङ सो टिममा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उम्मेवारीपछि सामाजिक सञ्जालमा लेख्दै नेम्वाङले आफूले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको जानकारी दिए ।

‘नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा खुला पदतर्फ केन्द्रीय सदस्य पदको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको छु । अमुल्य मत व्यक्त गरिदिनु हुन सम्पुर्ण प्रतिनिधि ज्यूहरुमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

त्यसो त संस्थापनमा नेता व्यवस्थापनको विषय पेचिलो बनेपछि धेरै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?