काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका ज्ञवालीले महासचिवमा दाबी गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई अघि सारेपछि उनले असन्तुष्टि जनाएका थिए । निरन्तर छलफल भए पनि ज्ञवालीले आफू महासचिवबाट ब्याक नहुने अडान कायम राखे । तर ओलीले शंकरको नाम हटाउन नचाहेपछि बन्दसत्रको हलबाटै बाहिरिएका थिए ।
तर पुनः महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । त्यसो त ज्ञवालीलाई ओली टिममा उपाध्यक्ष राखिएको थियो । तर उनले आफूले महासचिवमा दाबी गरेको तर आफूले रोजे अनुसारको पदमा उम्मेवारी दिन नपाएपछि सदस्यमात्रै रहने जनाएका छन् ।
त्यस्तै उनले एउटै व्यक्ति एकै पदमा दोहोरिनु उचित नरहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया