काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारी लागि हालसम्म ५ स्थानबाट नाम सिफारिस भएको छ ।
थापा निर्वाचित हुँदै आइरहेको काठमाडौं क्षेत्र नं ४ सहित रोल्पा, सर्लाही–४ र धनकुटाबाट समेत नाम सिफारिस भएको थियो ।
आइतबार पूर्वमन्त्री समेत रहेका थापाको नाम तेह्रथुमबाट एकल सिफारिस भएको छ ।
मंसिर २८ गते बसेको जिल्ला कार्यसमितिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकले महामन्त्री थापाको नाम एकल रुपमा सिफारिस गरेको हो ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा यसअघि सीता गुरुङ निर्वाचित भएकी थिइन् ।
त्यसो त फागुन २१ को निर्वाचनका लागि समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ ।
जसमा कृष्णमान तुम्वाहाँफे, डिल्लीराम नेपाल, विजय सम्वाहाङ्फे, रुद्र कन्दङवा, बसन्ती सुब्बा गुरुङ, सारदा कोइराला र मनिषा भेटवाल रहेका छन् ।
नेपाली कांग्रेस केन्द्रबाट गएको सर्कुलर अनुसार देशभरबाट उम्मेदवारहरुको सिफारिस भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया