ओली टिममा केन्द्रीय सदस्य राखिएका लालबाबुले दिए सचिवमा उम्मेदवारी

लोकपथ
945
Shares

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओली टिमबाट केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा राखिएका पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले ओली टिमबाटै सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर टिम व्यवस्थापनमा सकस परेसँगै अन्य नेताहरु जस्तै पण्डितले पनि सचिव पदमा उम्मेवारी दिएका हुन् । तर उनले भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै आफूले कुन टिमबाट उम्मेदवारी दिएको भने खुलाएका छैनन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा सुरु भएको एमाले महाधिवेशनका मंगलबार निर्वाचन हुँदैछ ।

अध्यक्ष पदका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल भिड्दैछन् भने अन्य टिम समेत खडा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?