काठमाडौं । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले टिम नै खडा गरेका छन् ।
पोखरेलले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई समेत समेटेका छन् ।
पोखरेलको टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्की उम्मेदवार बनेका छन् ।
यता उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
यसैगरी सचिव पदमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्तलाई समेत समेटेर अघि बढ्ने तयारी भइरहेको बताइएको छ । पुनः तेस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनेका केपी शर्मा ओलीको टिमबाटै उनी उपाध्यक्ष बन्ने तयारीमा रहेका थिए । तर उक्त टिममा खुला केन्द्रीय सदस्य बनाउन लागिएपछि पन्तले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया