भिजिट भिसा प्रकरण : म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए 

लोकपथ
385
Shares

काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि उनलाई सोमबार नै फिर्ता बोलाइएको हो ।

म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा रवीन्द्र आचार्यलाई पठाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् । लेखक गृहमन्त्री हुँदा तिवारी स्वकीय सचिवको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?