रघुजी पन्तले छाडे ओलीको साथ, ईश्वर पोखरेल प्यानलमा समेट्ने प्रयास

लोकपथ
938
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका पन्तले अन्तिम अवस्थामा खुला केन्द्रीय सदस्यमा नाम राखिएपछि साथ छाडेका हुन् । उनले आफूले छुट्टै उम्मेदवारी दिने तयारी गरिरहँदा अध्यक्षका उम्मेदवार बनेका ईश्वर पोखरेल टिममा समेट्ने प्रयास भइरहेको बताइएको छ ।

पन्तले उपाध्यक्षमा उम्मेदवारी समेत दिएका छन् । ओली निकट मानिने पन्तले पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए ।

अध्यक्षका लागि ओली र पोखरेल दुवैले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?