काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले अध्यक्षका रुपमा ओलीले दुई कार्यकाल काम गरिसकेका छन् । त्यसो त गत भदौमा विधान महाधिवेशनबाट संशोधन गरेर ओली पुनः अध्यक्ष बन्ने तयारीमा देखिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया